बन्दरगाहसहितको पूर्वाधार निर्माणका लागि श्रीलंकाद्वारा भारतीयलाई आह्वान

श्रीलंकाको अर्थ मन्त्री बसिल राजापाक्षेले देशको बन्दरगाह, पुर्वाधार, उर्जा, उर्जा उत्पादनको क्षेत्रमा भारतीय लगानीको लागि आह्वान गरेका छन्। चिनियाँ ऋणबाट थलापर्दै गएको श्रीलंकाले त्यसबाट मुक्ति पाउनका निमित्त बन्दरगाह सहितका पुर्वाधारहरुको निर्माणमा भारतीय लगानी कर्ताको सहयोग अपरिहार्य रहेको हुँदा यहाँ लगानी गरेर सहयोग गर्न अपिल गरेका हुन्।

राजापाक्षेले दुवै पक्षलाई फाइदा हुने अनुकूल वातावरण उपलब्ध गराउने आश्वासन दिँदै आउदो समयमा उल्लेखनीय प्रगति हुनेछ, यहाँ आएको विदेशी मुद्रा सञ्चिति संकटको बीचमा भारतले श्रीलंकालाई ९० करोड डलरभन्दा बढी आर्थिक सहयोग गरेको केही दिनपछि यस प्रकारको आहवान श्रीलंकाली अर्थ मन्त्रीले गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *