अघोषित नाकाबन्दी हटाउन चीनविरुद्ध प्रदर्शन

काठमाडौँको माइतीघरमा स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरेको छ । रसुवा र तातोपानी नाकाको अघोषित नाकाबन्दी हटाउन, उत्तरी भेगका विभिन्न जिल्लामा नेपाली भूमि अतिक्रमण र चीनमा अध्ययनरत नेपाली विद्यार्थीको पढाइ सुचारुका लागि त्यहाँ जान दिन माग गर्दै चीनविरुद्ध प्रदर्शन भएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत नेपाली विद्यार्थीलाई चीन फर्किन दिने काम र नाकामा सहजताका लागि उल्लेख्य पहल नगरेका बेला राजधानीमा ठुलो प्रदर्शन भएको हो । चिनियाँ मौन हस्तक्षेपकारी भुमीकाविरुद्ध जनस्तरबाटै उग्र विरोध एवं प्रदर्शन हुन थालेपछि अहिले चिनियाँ राजदूत यान्छिसमेत दबाबमा परेकी छन् ।

नेपाली विद्यार्थीलाई चीन फर्किन दिने र नाकामा सहजताका लागि देशभर भइरहेको प्रदर्शनले यान्छिदेखि बेइजिङसम्म असर पार्न सक्ने देखिएको छ । खास गरी चीनले कमला नदीमा आफ्ना योजना अघि बढाउन खोजिरहेका बेला बढिरहेको आन्दोलने बेइजिङसम्मै झड्का दिन सक्ने देखिएको हो ।

हिजो मात्रै पनि जनकपुरमा राष्ट्रिय एकता अभियानले चीनविरुद्ध ठुलो प्रदर्शन गरेको थियो । आज, माइतीघरमा दर्जनौँ युवाहरूले चिनियाँ मौन हस्तक्षेपकारी भूमिका र रणनीतिको विरोध गर्दै ठुलो आन्दोलन गरेका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *