एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी निर्वाचित

नेकपा एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन भएका छन्। एमालेको नवौं जिल्ला अधिवेशनको अग्निसाइर कृष्णासावरण गाउँपालिकामा भएको बन्द सत्रले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

बन्दसत्रले चौधरीको नेतृत्वमा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, सह सचिवमा अखिलेश झा र कुसुम आचार्यलाई चयन गरिएको छ। सदस्यमा बृजनारायण साह, युक्ति मरिक, बिन्दी मोची, विर बहादुर मर्स्याङ्दी मगर, देवनारायण श्रेष्ठ, बद्रीनारायण चौधरी, चन्द्रमान विक, चौठीलाल खंग, लक्ष्मी मण्डललगायत चयन भएका छन्।

अधिवेशनले शंकर देव, मन्जु साह, भोला राउत, कुन्जीलाल चौधरी, मो. युनिस, चित्रकला मगर, रामबृक्ष महतो, भुवन के.सी., शत्रुघ्न प्रसाद यादव, मागैन मंडललगायत २३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुबिर महासेठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्। अध्यक्षमा चयन भएका चौधरी नेकपा विभाजित भएपछि एमालेको जिल्ला अध्यक्ष रहँदै आएका थिए।




One thought on “एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी निर्वाचित

Leave a Reply to Ganesh sah Cancel reply

Your email address will not be published. Required fields are marked *