बाघको आक्रमणमा परी ३० वर्षीया चाँदनी थारुको मृत्यु

बाघको आक्रमणबाट बाँकेको थप एक जनाको मृत्यु भएको छ। राप्ती सोनारी-६ मा शनिबार बाघले ३० वर्षीया महिलाको ज्यान गएको हो। बिहान दाउरा गर्न गएकि हव्रहवा गाउँकी ३० वर्षीया चाँदनी थारुको बाघले ज्यान लिएको हो।

शनिबार सिद्धेश्वर सामुदायिक बन उपभोक्ता समितिले माघीको लागी दाउरा खोलेपछि शनिबार उनी छिमेकीहरुसँग अम्व्रहवा खोलामा दाउरा गर्न गएका बेला बाघले आक्रमण गरेको थियो। मृतक थारुको एक छोरा र एक छोरी छन्।

यसअघि बुधबार राप्ती सोनारी ४ प्रसोहना की ५२ वर्षीया लिला विष्टलाई बाघले आक्रमण गरी ज्यान लिएको थियो। शुक्रबार बाघको आक्रमणबाट राप्ती सोनारी ५ चिलहरियाका बमबहादुर पुन र मंगलबार राप्ति सोनारी ४ कै दुर्गा थारु बाघको पन्जाबाट भाग्न सफल भएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *