थाकस दाङले पुस २७ र २८ गते माघ महोत्सव आयोजना गर्दै

दाङ- थारु कल्‍याणकारिणी सभा (थाकस) दाङले माघ महोत्सव मनाउने भएको छ। महोत्सवलाई भब्य बनाउनका लागि दाङका सभापति भुवन चौधरीको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। मंगलबार घोराहीमा भएको थारु संघ सस्थाहरुको संयुक्त भेलाले समितिको प्रवक्ताको जिम्मेवारी सभाका सचिव प्रकाश चौधरीलाई दिएको छ।

त्यस्तै दस वटा उपसमितिहरु समेत गठन गरिएको छ। सभापति चौधरीका अनुसार लक्ष्मीमान चौधरीको संयोजकत्वमा साँस्कृतिक उपसमिति, भुवन चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति, रामपति चौधरीको संयोजकत्वमा पहुना सत्कार उपसमिति, सन्तोष दहितको संयोजत्वका प्रचारप्रसार उपसमिति, दिपक नारायण चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, भुवन चौधरीको संयोजकत्वमा यातायात उपसिमित, भरत चौधरीको संयोजकत्वमा स्वास्थय उपसमिति, अशोक चौधरीको संयोजकत्वमा स्वंसेव परिचालन समिति, प्रकाश चौधरीको संयोजत्वमा र्‍याली व्यवस्थापन उपसमिति समिति र प्रणव चौधरीको संयोजत्वमा सम्पर्क समन्वय उपसमिति गठन गरिएको छ। माघ महोत्सव पुस २७ र २८ गते आयोजना हुँदैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *