प्रचण्ड फेरि अध्यक्ष चयन, भने- यो मेरो लागि अन्तिम अवसर हो

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन्। प्रचण्डलाई नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका थिए। श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो।

अध्यक्ष चयन भएपछि प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएको बताएका छन्। उनले नेपाली र नेपाली जनताको सेवा गर्ने यो अन्तिम अवसर भएको बताए। ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु। नेपाल र नेपाली जनताको सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौति पनि हो,’ सम्बोधनको क्रममा उनले भने।

उनले उमेर हदका कारण होस् या अन्य कुनै कारणले होस् पार्टी, जनता र देशको लागि अन्तिमपटक सेवा गर्ने अवसर पाएकोमा सबैलाई धन्यवाद दिए। उनले यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *