दल दर्ताका लागि निवेदन दिँदै रेशम चौधरी

डिल्ली बजारस्थित जेलमा रहेका रेशम चौधरीले दल दर्ताका लागि आज निवेदन दिने भएका छन्। उनले आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि निवेदन दिने भएका हुन्। उनी निकट नेताका अनुसार रेशम चौधरीले आफ्नै अध्यक्षतामा दल दर्ता गर्न सक्नेछन्।

‘सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले कानुनविद्हरुले रेशम चौधरीकै नाममा पनि दल दर्ता गर्न सकिने जानकारी दिएका छन्। त्यही भएर उहाँले आज दल दर्ताका लागि निवेदन दिँदै हुनुहुन्छ,’ उनी निकट नेताले भने। उनका अनुसार जेलमा निवेदन दिएपछि मात्रै उनले औपचारिकरुपमा निर्वाचन आयोग गएर दल दर्ता गर्न पाउनेछन्। जेल प्रशासनले भने रेशम चौधरीलाई त्यो अनुमति दिन्छन् दिँदैनन् भन्ने अन्योल रहेको बताइएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसदसमेत रहेका चौधरीले सकभर आफ्नै नाममा दल दर्ता गर्ने बताए। यदि उनको नाममा दल दर्ता गर्न नमिले उनकी श्रीमती रन्जिता चौधरीको नाममा दल दर्ता गरिने उनले बताए।

दल दर्ताका लागि उनकी श्रीमती रन्जिता चौधरीले देशभरि अभियान सञ्चालन गरेकी थिइन्। गत मंसिर १९ गते काठमाडौंमा दुई दिने भेला आयोजना गरेर राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो।

यो पनि पढ्‍नुस्:

 




One thought on “दल दर्ताका लागि निवेदन दिँदै रेशम चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *