ज्ञानेन्द्र र दीपेन्द्रसहित चार खेलाडीमाथि कारबाही, नयाँ कप्तानमा सन्दीप लामिछाने

नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ। क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ। नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ। मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ।

यस्तो छ कारण
यी चार खेलाडीले क्यानले ग्रेड सार्वजनिक नगर्दै मिडियामा त्यसबारे विरोध जनाएपछि दुई पटक स्पष्टीकरण सोधेको थियो। उनीहरुले क्यानले गरेको ग्रेडमा असन्तुष्टि पोखेका थिए। मिडियामा आएकै कारण उनीहरुलाई क्यानले कात्तिक २५ गते स्पष्टीकरण सोधेको थियो। चारै जनाले गत कात्तिक ३० मा क्यानलाई जवाफ फर्काए पनि चित्तबुझ्दो जवाफ नआएको क्यानले जनाएको छ।

बुधबार बसेको बैठकले ५ बुँदे निर्ण गर्दै चारै जना खेलाडीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। योसँगै क्यानले कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। ‘नेपाल क्रिकेट संघले अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिसबमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा संलग्न चार जना खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपान कामी र कमलसिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ,’ नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ।’ त्यस्तै क्यानले राष्ट्रिय क्रिकेटको बन्द प्रशिक्षण बगामी डसेम्बर २१ देखि पोखरामा सञ्चालन हुने जानकारी दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *