रामकुमारी चौधरी माओवादी केन्द्रको सचेतकमा चयन

सांसद रामकुमारी चौधरी नेकपा माओवादी केन्द्रको सचेतकमा चयन भएकी छन्। बैठकले राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपि अछामी, सचेतक गङगा वेल्बासे तथा प्रतिनिधिसभामा दलको सचेतकमा रामकुमारी चौधरी र संसदीय दलको सचीवमा रामनारायण बिडारीलाई चयन गरेको हो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रचण्डको नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्डसमेत गठन गरेको छ। बैठकमा अध्यक्ष तथा दलनेता प्रचण्डले सांसदहरुले उठाएका विषयको जवाफ दिदै व्यवस्थापिका संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *