नेपाल-भारत सीमामा गरिएको बैठकले उत्पन्न गराएको गतिरोध

छिमेकी देश भारतसँगको सम्बन्ध परापूर्व कालदेखि एक ऐतिहासिक र महत्वपूर्ण रुपमा रहँदै आएको छ। सदियौंदेखि कला,सँस्कृति, रीतिरिवाज,धर्म र समाजका हरेक पक्षसँग विविता र समानता छ। एक अर्अकासँगको खुला सीमानाका कारण हामीले नेपाल र भारतबीचको मित्रतामा दुबै पक्षबीच सहकार्य गर्दै आइरहेका छौं। जहानिया राणा शासनको पालामा होस या निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध गरिएका संघर्ष र आन्दोलनमा भारत सरकार र भारतीय जनताबाट नेपाल र नेपालीलाई साथ र सहयोग निरन्तर प्राप्त भइरहेको छ।

२०४६ सालको जनआन्दोलनबाट बहुदलीय ब्यवस्थाको प्राप्तीपछि भने नेपालमा रहेका केही राजनीतिक दल र संघ संगठनले भारतसँगको वषौं पुरानो सम्बन्धमा दरार उत्पन्न गराउने प्रयास गरिरहेको अवस्था सिर्जना भएको छ। सस्तो लोकप्रियता र महत्वाकांक्षले केही राजनीतिक दलका तल्लो कमिटीका महत्वाकांक्षी नेताहरुले आफ्नो अनुकुलको गतिविधि गरेर नेपाल र भारतीचको सम्बन्धलाई बिगार्न नकारात्मक प्रचारबाजीहरु गर्दै आइरहेका छन्।

बिना प्रमाण र बिना आधार आरोप र प्रत्यारोप गरेर स्थानीयस्तरमा लोकप्रियता कमाउन तल्लीन यस्ता कार्यकर्ताले नेपाल र भारतबीचको सम्बन्ध साथै साँस्कृतिक मूल्य र मान्यतालाई समेत धरापमा पार्न खोजिरहेका छन्। विशेष गरेर यस किसिमका गतिविधिमा नेपालमा २०४६ पछि स्थापित भएका कम्युनिस्ट पार्टीहरु अगाडि् रहेका छन्।

ठोस आधार र प्रमाणबिना सीमा क्षेत्रको अनुगमनको बाहानामा गरिने सभा र सम्मेलनले सम्बन्ध सुधार्ने भन्दा पनि बिगारिरहेको छ। जब नेपालमा चुनाब नजिकिदै जान्छ, कम्युनिस्ट पार्टी विशेष गरेर नेकपा (एमाले)ले भारतसँगको सीमाको विषयमा अतिरन्जित र कल्पना गरिएका विषयहरु उठाएर सस्तो लोकप्रियताको लागि चारो फाल्ने गरेको छ। यसैको उदाहरण स्वरुप नेकपा (एमाले) सन्दकपुर गाउँ पार्टी कार्यलयले इलामको सन्दकपुर गाउपालिका-५ जौबारीमा रहेको ६३(१५) नम्बर को पिल्लरमा गत मंसिर २१ गते एक बैठक सम्पन्न गर्‍यो।

नेकपा (एमाले) सन्दकपुर गाउँपालिका अध्यक्ष गिरिराज खनालको अगुवाइमा भएको बैठकले नेपाल र भारतबीच रहँदै आएको स्थिरता र नयाँ आयामको सम्बन्धलाई अवरोध पार्ने किसिमको आरोपहरुसहित बैठक सम्पन्न गर्‍यो।
सो बैठकमा एमालेका केन्द्रीय सदस्य राम राना, एमाले इलाम जिल्ला अध्यक्ष महेस बस्नेतको पनि उपस्थिति थियो। नेपालको दश्गज्जामा निर्माण भएका संरचनाका विषयमा हुँदै नभएका कुराहरुलाई उचालेर जनतामा भ्रम पैदा गर्ने कुरामा एमाले इलाम जिल्ला कमिटी र एमाले सन्दकपुर गाउँपालिकाले भ्रामित र कपोकल्पित कुराहरुको प्रचार गरिरहेको छ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माण कार्यमा आवरोध गरेको भनी नभएको विषयमा आरोप लगाउँदै सीमा क्षेत्रमा बस्ने नेपाली जनतामा भारत विरोधी भवाना बढाउने खेलमा एमाले इलाम जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत र सन्दकपुर गाउँपालिका अध्यक्ष गिरिराज खनाल लागि परेका छन्। भारतले पटक-पटक नेपाली भूमि अतिक्रमण गरेको भनी भ्रामित कुराहरुलाई चुनावको मुख मा उचाल्ने गरेको छ। इलामको पशुपतिनगर-२ मा रहेको टासी छोइलिङ गुम्बालाई मर्मत सम्भार गर्दा पनि एमालेले विरोध गरेको छ।

बजेटको अभावमा काम रोकिएको सन्दकपुरमा निर्माण भइरहेको भ्युटावरलाई पनि भारतीय पक्षले आवरोध गरेको भन्दै आरोप लगाइरहेको छ। सन्दकपुर-५ कैयाकटामा निर्माण भएको यादिकी शेर्पाको घर होस् या निजी क्षेत्रले बनएका घर, शौचालय, बिद्यालयजस्ता कुराहरुमा पनि एसएसबीले आवरोध गरेको भन्दै एमाले सन्दकपुर गाउँपालिका अध्यक्ष गिरिराज खनालले जनतालाई उचाल्ने गरेको र सस्तो लोकप्रियताको लागि भ्रामित कुराहरु गर्ने गरेक छन्।
एमाले इलाम अध्यक्ष महेश बस्नेतले कालापानी लिम्पियाधुरा र लिपुलेक को सन्दर्भ नै नभएको कुरा निकालेर सीमामा बस्ने लाखौं जनतामा भ्रम पार्ने काम गरिरहेका छन्।

सीमासम्बन्धी विषय सरकार र देशको नापी विभागले निर्क्यौल गरी छुट्याउने कुरा हो। सम्बन्धित जिल्ला प्रसासन कार्यलयमार्फत् यस्तो विषयमा ध्यानाकर्षण गराउनुपर्ने छ। यस्तो संवेदनशील विषयमा उत्तेजक कुरा गरी सीमा क्षेत्रमा बैठक सभा गर्नु भनेको एमालेको चुनावी नारामात्र हुन भन्न सकिन्छ।

यस्ता विषयहरुमा दुई देशबीच सरकारी तवरमा वार्ता र सम्बादबाट हल गर्न सकिन्छ तर एमालेको यो अतिरन्जित गतिविधिबाट दुबै देशबीचको सम्बन्धमा समस्या उत्पन्न हुनसक्छ, त्यतातिर एमाले कार्यकर्ताले बुझ्न जरुरी छ। इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी ध्रुब खड्काले नेपाल भारत क्षेत्रमा भएको भनिएको अतिक्रमणको विषयमा आजसम्म माथिल्लो सरकरी निकायबाट कुनै पनि जानकारी नआएको र इलाम जिल्लामा सिमा जोडिएका दस गजा क्षेत्रमा कुनै ठूलो सीमा समस्या रहेको जस्तो नलागेको बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *