बंगलादेशमा पाकिस्तानको राष्ट्रिय झण्डा जलाइयो

बंगलादेश मुक्तियोध मञ्चले पाकिस्तानको झण्डा जलाएको छ। बंगलादेश आएका पाकिस्तानकी क्रिकेट खेलाडीहरुले ढाका विश्वविद्यालयको खेल मैदानमा आफ्नो झण्डा फहराएको विरोधमा मञ्चले उनीहरुको झण्डा जलाएको हो।
मञ्चका कार्यकर्ताले विश्वविद्यालयमा पाकिस्तानको विराधमा राजु स्मृति मूर्तिकलामा प्रदर्शन गरेका थिए।

२१ अगस्त २००४ मा तत्कालीन विपक्षी नेता हसिनालाई एक र्‍यालीमा पाकिस्तानी षड्यन्त्रकारीहरूले निशाना बनाएका थिए। घटनामा कम्तीमा २४ जनाको ज्यान गएको थियो भने तीन सय भन्दा बढी घाइते भएका थिए। षड्यन्त्रकारीहरूले ह्यान्ड ग्रेनेड प्रयोग गरेका अनुसन्धानबाट खुलेको थियो।

मुक्तियोध मञ्च धेरैजसो छातालिगका सदस्यहरू मिलेर बनेको स्वतन्त्रता सेनानीका सन्तानहरूको मञ्च हो। उनीहरुले बंगलादेशमाथि कुनै पनि किसिमको षड्यन्त्र गर्ने पाकिस्तानी गतिविधिहरुको विरोध गर्ने गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *