अमेरिकीबासी थारु संस्थाद्वारा थारु विद्यार्थीका लागि छात्रवृत्ति आह्वान

थारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरुको लागि छात्रवृत्ति आह्वान गरेको छ। प्राइमरी, सेकेन्डरी र स्नातक तहका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरुको संस्था टीएफएले जनाएको छ। नेपालमा बस्ने सबै योग्य विद्यार्थीले उक्त छात्रवृत्तिका लागि निवेदन दिन सक्नेछन्।

त्‍यसका लागि थारु समुदायकै हुनुपर्ने, विद्यार्थी भइ अध्ययन गरिरहेको हुनुपर्ने, शैक्षिक स्थिति राम्रो भएको हुनुपर्ने र सरकारी वा गैरसरकारी संस्थाबाट कुनै पनि किसिमको आर्थिक सहयोग लिएको नहुनुपर्ने टीएफएद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सन् २०२१-२०२२ सत्रका लागि आह्वान गरिएको छात्रवृत्ति आजदेखि पुस १६ गतेसम्म निवेदन दिन सकिने छ। त्यसका लागि टीएफएको आधिकारिक वेवसाइटमा गएर निवेदन दिन सकिने छ। सन् २०२२ को सुरुवात यसको घोषणा गरिने टीएफएले बताएको छ।




5 thoughts on “अमेरिकीबासी थारु संस्थाद्वारा थारु विद्यार्थीका लागि छात्रवृत्ति आह्वान

  1. Scholarship ko rakam(पैंसा)Kati samma ko help hunxa.All of u my tharu community (Dhai, Didi, Bhai) हारु। 👍🌠👌❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *