हामी यो ठाउँमा रहँदा एमालेलाई ठूलो फाइदा छ : गौरीशंकर चौधरी

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट थारु कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका गौरीशंकर चौधरीले एमालेसँगै रहेर संगठन सुदृढ गर्ने बताएका छन्। उनले पार्टीको जिम्मेवारी बहन गरेर अगाडि बढ्ने र अब चुनावको तयारी गर्ने योजना रहेको सुनाए।

उनले नेकपा एकताका लागि आफू यो ठाउँमा रहेको बताए। ‘हामी नेकपाको एकताका लागि यो ठाउँमा छौं। हामी यो ठाउँमा रहँदा एमालेलाई ठूलो फाइदा छ। किनकि हामी अब एमाले झन् ठूलो र मजबुत बनाउँछौं,’ उनले प्रतिक्रिया दिए।

उनले एमालेलाई पहिलो बनाउने उद्देश्यका साथ अगाडि बढेको बताए। ‘अरू पनि कम्युनिस्टलाई एकताको बाटोमा ल्याउने वातावरण बनाउनका लागि दबाब दिन हामी यो ठाउँमा पसेका हौं। अब निर्वाचित भएपछि एमालेसँगै रहेर संगठन सुदृढ गर्ने, विस्तार गर्नेलगायत पार्टीकै जिम्मेवारी वहन गरेर अघि बढ्छु। अब चुनावी तयारी गर्ने योजनाको साथ काम गर्छु। हामी फरक पार्टीबाट एमालेमा बसेका हौं। यति ठूलो जमात माओवादीबाट हामीहरू आएका हौं,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *