ओलीको सहमतिलाई नकार्दै जयप्रकाश थारुले उम्मेदवारी दिएपछि…

अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको थारु कोटातर्फको केन्द्रीय सदस्यको सूचीमा असन्तुष्टि जनाउँदै पर्साका जयप्रकाश थारुले उम्मेदवारी दिएका थिए। उनी पराजित भएका छन्। उनले जम्मा ७१९ मत पाए।

त्यस्तै थारु कोटामा रहेका कृपाराम रानाले १८२८ मत, गौरीशंकर थारुले १८६२ मत, नरुलाल चौधरीले १७५३ मत, वलवीर प्रसाद चौधरीले १८२९ मत र वैजनाथ चौधरीले १७६३ मत पाए।

यसबाहेक महिलातर्फ भने गंगा थारु सत्गौंवा र मञ्जु चौधरी निर्विरोध भएका थिए। त्यस्तै भूगोलतर्फ प्रदेश २ बाट राजकुमार लेखी र खुला महिलातर्फ भगवती चौधरी र शान्ता चौधरी निर्विरोध निर्वाचित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *