राजकुमार लेखी र गंगा चौधरीसहित ४ जना थारु नेता निर्विरोध निर्वाचित

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट नेता राजकुमार लेखी निर्विरोध निर्वाचित भएका छन्। उनी भूगोलतर्फ प्रदेश २ बाट निर्विरोध निर्वाचित भएका हुन्। त्यसका अलावा थारु कोटाको महिलातर्फ गंगा चौधरी सत्गौंवा र मञ्जु चौधरी पनि निर्विरोध निर्वाचित भएका छन्।

पर्साका जयप्रकाश थारुले थारु कोटाको पुरुषतर्फ उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीसँगै थारु कोटा पुरुषतर्फ निर्वाचन हुने भएको छ। थारु कोटामा बैजानाथ चौधरी, कृपाराम राना, गौरीशंकर थारु, नरुलाल चौधरी, बलबिरप्रसाद चौधरी रहेका छन्।

त्यस्तै खुला महिलातर्फ दुई थारु नेतृ शान्ता चौधरी र भगवती चौधरी रहेका छन्। त्यसमा पनि उम्मेदवारी परेकाले निर्वाचनमार्फत् मात्र त्यसको टुंगो लाग्ने भएको छ।




One thought on “राजकुमार लेखी र गंगा चौधरीसहित ४ जना थारु नेता निर्विरोध निर्वाचित

  1. एमाले का महान योद्वा थारू नेताहरू सबै थारूकोटामा सिमीत भएको देखन पाउँदा मेरो मन खुशीले गदगद भएको छ। हाहाहाहा हाहाहाहा । कहाँ गयो थारू नेताहरूको त्याग और बलिदान। यस्तो पनि राजनिती हुन्छ।

Leave a Reply to गुलाब थारु Cancel reply

Your email address will not be published. Required fields are marked *