महाधिवेशन प्रतिनिधिमा डिल्लीबहादुर चौधरी निर्विरोध चयन

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा डिल्लीबहादुर चौधरी निर्विरोध चयन भएका छन्। लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्रीसमेत रहेका उनी दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्।

थारु कोटाबाट उम्मेदवार बनेका चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका हुन्। त्यस्तै थारु महिला कोटाबाट कल्पना चौधरी निर्विरोध निर्वाचित भएकी छन्। क्षेत्र नम्बर ३ मा एक सयभन्दा बढी थारु प्रतिनिधि चुनिएका छन्। त्यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ राज्य मन्त्री अर्जुन श्रेष्ठ आदिवासी जनजातिको कोटाबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन्। उनी पनि निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै आदिवासी जनजाति कोटाबाट नै नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना पनि निर्विरोध निर्वाचित भएकी छन्। अन्य सबै पदमा निर्वाचन हुने भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *