कांग्रेस महाधिवेशन: कैलालीको १३ पालिकामध्ये दुई पालिकाको सभापतिमा थारु विजयी

नेपाली कांग्रेस कैलालीले जिल्लाका सबै १३ स्थानीय तहको नेतृत्व चयन गरेको छ । ८ स्थानीय तहमा निर्वाचनमार्फत् र ५ मा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो।

कैलालीको धनगढी उपमहानगरपालिकाको सभापति पदमा यज्ञराज उपाध्याय सर्वसम्मत चयन भएका छन्। जानकी गाउँपालिकामा गणेश रेग्मी, कैलारी गाउँपालिकामा कृष्ण चौधरी, मोहन्याल गाउँपालिकामा कमल साउद र जोशिपुर गाउँपालिकामा बसिराम चौधरी सभापतिमा निर्वाचित भएका छन्। उनीहरु सबै सर्वसम्मत सभापति चयन भएका हुन्।

त्यस्तै गौरिगँगा नगर पहलबिक्रम चन्द, लम्किचुहा नगर सभापतिमा ईन्द्र कुँवर, टीकापुर नगर सभापतिमा नरेश खत्री, भजनी नगर सभापतिमा नवराज मिश्र, गोदावरी नगर सभापतिमा वीरबहादुर चोखाल निर्वाचित भएका हुन्।

घोडाघोडी नगरपालिकाको सभापतिमा बमबहादुर सिंह, चुरे गाउँपालिकाको सभापतिमा हेम शाह र बर्दगोरिया गाउँपालिकाको सभापतिमा कृष्ण बिष्ट निर्वाचित भएका छन्। यी पालिकाहरुमा निर्वाचन भएको थियो।

कैलालीको १३ मध्ये ११ स्थानीय तहमा जिल्ला पार्टी सभापति नरनारायण शाह ‘मनु’ समर्थित निर्वाचित भएका छन् भने घोडाघोडी र गोदावरीमा उनी इतरका सभापति निर्वाचित भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *