थारुहरुको धर्म ‘बौद्ध’ लेख्न थाकसलले पठायो प्रत्येक जिल्लालाई परिपत्र

नेपालमा बिहीबारदेखि सुरु भएको १२औं राष्ट्रिय जनगणनामा थारु कल्याणकारिणी सभा (थाकस)ले थारुहरुको धर्ममा बौद्ध लेख्न आह्वान गरेको छ। उसले गत मंगलबार परिपत्र जारी गर्दै बौद्ध धर्म लेख्न आह्वान गरेको हो।

सभाले आफ्ना सम्पूर्ण जिल्ला कार्यसमितिलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ- कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा तपसिलमा उल्लेखित बमोजिम जनगणना फारमको महलहरुमा सही सूचना सूचित गर्न गराउन सम्पूर्ण जनसमुदायमा जानकारी गराउन चाहन्छौं। साथैनामको पुर्ख्यौली थरको पछाडि अनिवार्यमा रुपमा थारु लेखौं।’

उसले जातिमा थारु, पुर्खाको भाषा थारु, मातृ भाषा थारु, धर्म बौद्ध र दोस्रो भाषा छिमेकको आदिवासी समुदायको भाषा लेख्न आह्वान गरेको छ।
हेर्नुस् जारी परिपत्र




2 thoughts on “थारुहरुको धर्म ‘बौद्ध’ लेख्न थाकसलले पठायो प्रत्येक जिल्लालाई परिपत्र

  1. Para purba Kal dakhi nai hami Hindu dharma mandai aai rakhaka xau but aja kina hamilai jabarjasti baudha dharma ko sangya de rakhako xa ?????k hami Hindu hoena Ra hami Hindu vayara bachna na pauna.yasma Maro ghor aapati xa.tha.ka.sa

  2. थारुहरु प्रकृति पुजक हुन् l धार्मिक रुपमा हेर्ने हो भने थारुको धर्म बुद्ध धर्म हो l

Leave a Reply to shrabankumartharu@gmail.com Cancel reply

Your email address will not be published. Required fields are marked *