सांसद नवोदिता चौधरीको नाम ‘फ्लोर क्रस’ गर्नेमा मुछिएपछि…

नेपाली कांग्रेस प्रदेश १ की सांसद नवोदिता चौधरीले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएकी छन्। ‘फ्लोर क्रस’ गर्न चाहने सांसदको रुपमा उनको नाम बाहिरिएपछि उनले आपत्ति जनाएकी हुन्।

‘सिधासाधा मानिसको अपराधीहरूले चरित्र हत्या गर्न खोजे,’ उनले भनिन्, ‘यो ग्राइन्ड डिजाइन नै तयार गरेर राजनीतिक चरित्र हत्या गर्न खोजिएको हो, सबैले आफ्नो स्वार्थका लागि हाम्रो नामको अफवाह फैलाए।’
प्रदेश सांसद ज्योति सुब्बा र चौधरीको नाम मुछेर ‘फ्लोर क्रस’ गर्न खोज्ने सांसद रहेको समाचार बाहिरिएको थियो।

उनले आफूबारे आएको समाचार सबै झुठो भएको औल्याउँदै भनिन्, ‘भ्रामक समाचार आउँदा मन रोइरहेको छ, एउटा पनि सत्य छैन।’ आइतबार (आज) प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिए पनि कांग्रेसले रोक्न माग गरेको थियो। विपक्षी दल एमालेले पनि बैठक स्थगित माग गरेपछि एक साताका लागि बैठक स्थगित गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *