अभिनेता वीर चौधरीका छोरा दुर्घटनामा, कलाकारहरुद्वारा सहयोगको अपिल

अभिनेता वीर चौधरीको छोरा दुर्घटनामा परेका छन्। गत नवमीका दिन मामाघर जाँदै गरेका उनका छोरा लभिश चौधरीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएको परिवाजनले जनाएका छन्।

दुर्घटनापछि छोरा लभिशलाई कोहलपुरस्थित मेडिकल कलेजमा ४ दिन आइसियुमा राखिएको र हालः थप उपचारको लागि उत्तर प्रदेशस्थित लखनउ लगिएको बताइएको छ।

उनको लखनउस्थित एपोलोमेडिक्स सुपर स्पेसियालिटी अस्पिटलमा उपचार भइरहेको छ। टाउकोमा गम्भीर चोट लागेकाले स्वास्थ्य अझै जटिल रहेको सम्बन्धित डाक्टरलाई उद्धृत गर्दै परिवारजनले जानकारी दिएका छन्।

यता कलाकारहरुको समूहले केही रकम सहयोगका निम्ति फेसबुकमा ग्रुप बनाएका छन्। हालः दुबईमा रहेका गायक केशव राज महतोको पहलमा ग्रुप बनाइएको छ। ग्रुपमार्फत् अहिले आर्थिक सहयोग जुटिरहेको बताइएको छ। सहयोगी मनहरुले सिधै अभिनेता चौधरीको खातामा रकम सहयोग गरिरहेका छन्।

तपाइँहरुलाई पनि सहयोग गर्न मन लागे तल दिइएको बैंक खातामा सहयोग गर्न सक्नहुनेछ।

AC. 07720015677
Laxmi Bank Bauniya Branch kailali
Bir Bahadur Chaudhary
9848429791




One thought on “अभिनेता वीर चौधरीका छोरा दुर्घटनामा, कलाकारहरुद्वारा सहयोगको अपिल

Leave a Reply to Santosh kathariya Cancel reply

Your email address will not be published. Required fields are marked *