चिनियाँ सेनालाई भारतीय सेनाप्रमुखको चेतावनी

भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखस्थित ‘एलएसी'(लाइन अफ एक्चुअल कन्ट्रोल)मा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिकहरु पनि त्यस क्षेत्रमै रहने चेतावनी दिएका छन्।
चिनियाँ सेनाले लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा ठूलो मात्रामा भौतिक संरचना निर्माणको काम जारी राखेकोमा भारतीय सेनाले यसको विरोध गरेको हो। चिनियाँ सेना त्यस क्षेत्रबाट नहटेमा आफूहरु पनि त्यहीँ बस्ने नरावणेको चेतावनी थियो। “यदी उनीहरु त्यहीँ बस्ने भए भने हामी पनि त्यहीँ बस्नेछौँ” नरावणेले भनेका छन्।
एलएसीमा चिनियाँ सेनाको उपस्थितिले पाकिस्तानी सीमा क्षेत्रको जस्तै अवस्था सिर्जना हुने नरावणेले बताएका थिए। साथै आफूहरुले चिनियाँ सेनाको त्यस क्षेत्रको गतिविधिमाथि चनाखो भएर निगरानी गर्ने समेत उनले बताए।
गत साता अरुणाञ्चल प्रदेशको तवाङ जिल्लास्थित एलएसीमा भारतीय र चिनियाँ सैनिकहरु आमने-सामने भएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार २ सय चिनियाँ सेनाहरु तिब्बतको बाटो हुँदै भारततर्फ प्रवेश गरेका थिए। उनीहरुमध्ये केही भारतको नियन्त्रणमा छन्।
Facebook Comment