राजकुमार लेखी एमालेमा प्रवेश

नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन्। ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका ५५ जनालाई पार्टी प्रवेश गराएका हुन्।

लेखीले केही दिनअघि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका थिए। पार्टीको कार्यकारिणी सदस्यसमेत रहेका लेखीले नेता राजेन्द्र महतोलाई राजीनामा पत्र बुझाएका थिए।

लामो समय एमालेमा रहेर विभिन्‍न समितिमा काम गरेका लेखीले पहिलो संविधानसभा विघटन भएपछि एमाले परित्याग गरेका थिए। उनी एक दसकपछि पुनः एमालेमै प्रवेश गर्दैछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *