थाकस युएईले मनायो जितिया विशेष कार्यक्रम

थारु कल्याणकारिणी सभाले युएईले जितिया विशेष कार्यक्रम आयोजना गरेको छ। गत शुक्रबार डटकट (दर खाने) कार्यक्रम भब्यताका साथ सम्पन्न भएको कार्यक्रम संयोजक लालबहादुर चौधरी र भागरथी कुमार भगतले जानकारी दिएका छन्।

रोजगारको सिलसिलामा युएईमा रहेका थारु महिलाहरुलाई कार्यक्रममा निम्ता गरिएको बताइएको छ। कार्यक्रममा ७० जनाको उपस्थिति रहेको थियो। ‘कोरोना महामारीका कारण विगतमा कार्यक्रम हुन सकेको थिएन। यस वर्ष अलि खुकुलो भएकाले कार्यक्रम आयोजना गरेका हौं। कार्यक्रममा धेरै राम्रो सहभागिता रहेको थियो। लामो समयपछि युएईमा रहेका थारुहरुको जमघट भएको थियो,’ अध्यक्ष खोरबहादुर महतोले जानकारी दिए।

कार्यक्रममा संस्थाका तर्फबाट सल्लाहकार बासुदेव कठरिया, अध्यक्ष खोरबहादुर महतो, वरिष्ठ उपाध्यक्षहरु लालबहादुर चौधरी, रुक्मिणी चौधरी, भागरथि कुमार भगत र महासचिव खेम महतोलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा दर खाने कार्यक्रमसहित साँस्कृति कार्यक्रमसमेत आयोजना गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *