नागेन्द्र चौधरी बने नेकपा एसको सचिव

पर्साका नेता नागेन्द्र चौधरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिव चयन भएका छन्। नेकपा एकीकृत समाजवादीले चौधरीलाई सचिवमा चयन गरेको हो। उनीहसँगै रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा केशवलाल श्रेष्ठलाई पनि सचिवको जिम्मेवारी दिइएको छ।
त्यस्तै नेकपा एसका एक नेताका अनुसार उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् भने महासचिवमा डा बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन्। नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन्।
Facebook Comment