थारु म्युजिक भिडियोमा फेरि देखिँदैछन् पल शाह, पलको जोडी बन्दै कविता

नेपाली फिल्म जगतका चर्चित अभिनेता पल शाह अर्को थारु गीतको म्युजिक भिडियोमा देखिने भएका छन्। पल शाहलाई यसपटक पनि गायक नरेश जोगीले आफ्नो गीतमा अभिनय गराउँदै छन्। नरेश र अन्नु चौधरीको स्वर रहेको ओ सजन बोलको गीतको म्युजिक भिडियो शुक्रबारदेखि सुटिङ सुरु भएको छ।


म्युजिक भिडियोको सुटिङमा दाङ भइरहेको गायक नरेश जोगीले जनाएका छन्। म्युजिक भिडियोमा पलसँगै कविता राय र कृष्ण जोशीको अभियन रहने छ।

यसअघि नरेश जोगीले नै पहाडी बठिनियामार्फत् पल शाह र वर्षा राउतलाई थारु म्युजिक भिडियोमा प्रवेश गराएका थिए। लगत्तै उनले दिन गिन गिनके बोलको गीतमा पल शाह र गरिमा शर्मालाई र तोहर प्यार मे बोलको गीतमा पल शाह र जेसिका चौधरीलाई अभिनय गराएका थिए।

भिडयोलाई अर्जुन तिवारीको टिमले छायाँकन गर्दैछन् भने निर्देशन विक्रम चौहानले गर्दैछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *