मेटमणि चौधरी लुम्बिनी प्रदेशको अध्यक्ष चयन

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन्। शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो।

सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन्। प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन्।

यही असोज ५ गते हुने केन्द्रीय कमिटीको बैठक र प्रदेश भेलापछि प्रदेश समितिलाई पूर्णता दिइने सचिव राजु गुरुङले जानकारी दिए। भेलाले असोजभित्र लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा भेला र बैठकहरु गरी वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *