भाषा आयोगले भन्यो- सुदूरपश्चिम प्रदेशमा राना थारु भाषालाई कामकाज भाषा बनाउन सकिँदैन

भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ। सो जनगणनामा थारु भाषा मात्र प्रयोग भएको थियो।

आयोगले आफ्नो सिफारिसबारे प्राप्त सुझाव र प्रतिक्रियामा ध्यानाकर्षण भएको जनाउँदै मंगलबार विज्ञप्ति जारी गरी उक्त प्रदेशमा रानाथारु भाषा सो प्रदेशमा बहुसङ्ख्याकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि हुन आएमा आगामी दिनमा सिफारिसलाई पुनरावलोकन र संशोधन गरिने स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता डा लोकबहादुर लोप्चनले जारी गरेको विज्ञप्तिमा स्थानीय तह र समुदायसँग मिलेर आयोगले कञ्चनपुर र कैलाली जिल्लामा बोलिने रानाथारु भाषाको संरक्षण र प्रवर्द्धनमा काम गर्दै आएको पनि जानकारी दिएको छ।

भाषा आयोगले हालै प्रदेशहरुमा बोलिने भाषामध्ये बढी प्रादेशिक (सरकारी) कामकाजमा प्रयोग गर्ने भनेर विभिन्न भाषाहरु सिफारिस गरेको थियो। आयोगले गरेको सिफारिसमा आफूहरुले बोल्ने गरेको भाषा छुटाइएको भन्दै सुदूरपश्चिम प्रदेशका रानाथारु समूदाय विरोधमा उत्रिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *