लोकतान्त्रिक समाजवादी पार्टीमा रेशम चौधरीसहित १५ सांसद, मालामती रानाले साथ छाडिन्

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा आजसम्म सनाखत भएको विवरण प्राप्त भएको छ । प्राप्त विवरणअनुसार केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, संघीय सांसद १५ जना (रेशम चौधरीसहित) लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्।

यसरी नै प्रदेशतर्फ प्रदेश २ मा १६ जना, लुम्बिनी प्रदेशमा तीन जना, सुदूरपश्चिममा एक जनाले लोसपामा सनाखत गरेका छन्। सुदूरपश्चिम प्रदेशमा कृष्णबहादुर चौधरी लोसपा रोजे भने अर्का सांसद मालामती राना जसपा छाड्न चाहिनन्।

त्यस्तै स्थानीय तहतर्फ सप्तरीमा ९६, सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७ (केही थपघट हुन सक्ने), रौतहटमा ८८, बारामा १३८, पर्सामा २८, रूपन्देहीमा २० र कपिलवस्तुमा एक जनाले लोसपामा सनाखत गरेका बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *