प्रदेश २ मा थारु भाषालाई सरकारी कामकाजीको भाषा नबनाए आन्दोलन गर्ने चेतावनी

थारु भाषालाई प्रदेश नम्बर २ को सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग गरिएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चा सप्तरी र थारु कल्याणकारी सभा सप्तरीद्वारा कल्याणपुरमा संयुक्तरुपमा आयोजित थारु भाषामाथिको आक्रमण तथा भाषा आयोगको भूमिका बिषयक अन्तरक्रियामा थारुहरुले उक्त माग गरेका हुन्।

वक्ताहरुले थारु भाषालाई प्रदेश नम्बर २ को सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए। प्रदेश २ मा थारुलगायतका बहुसंख्यक समुदायले थारु भाषा बोल्ने गरेकाले सरकारी कामकाजको भाषा थारु हुनुपर्नेमा उनीहरुको जोड थियो।

प्रदेश २ मा बहुसंख्यक समुदायले बोल्ने स्थानीय भाषा थारु भाषा नै हो, अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले भने- प्रदेशमा ७५ प्रतिशातभन्दा बढीले थारु भाषा प्रयोग गरी बोलचाल गर्छन्। प्रदेश २ मा बोलिने थारु भाषा भएकाले सरकारी कामकाजको बनाउनुपर्छ।

भाषा आयोगले मैथिली र भोजपुरी भाषालाई सरकारी कामकाजको भाषासम्बन्धी ल्याएको प्रतिबेदनप्रति आपत्ति जनाउँदै बक्ताहरुले भाषा आयोगको नीति प्रदेश २ मा थारु भाषालाई पाखा लगाउने षड्यन्त्र भएको आरोप लगाए।
उनीहरुले थारु भाषालाई प्रदेश २ को सरकारी कामकाजको भाषा नबनाए आन्दोलन गर्ने चेतावनी दिए। सरकारले थारु भाषामाथि आक्रमण जारी राखे चुप लागेर नबस्ने अन्तरक्रिया कार्यक्रमका बक्ताहरुको भनाई थियो।

साह सेवा सदन काल्याणपुरको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय मोर्चाका कार्यबाहक संयोजक श्रवण थारु, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, पूर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी, थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रिय सदस्य रामचन्द्र चौधरी, डा. कबिरदास चौधरी, थारु भाषाविद् एवम् प्राध्यापक महेश कुमार चौधरी, थरुहट थारुवान राष्ट्रिय महिला मोर्चाका सह–संयोजक उमा चौधरी, प्रधानाध्यापक तुलसीदास चौधरी लगायतकाले प्रदेश २ मा थारु भाषालाई सरकारी कमकाजको भाषा बनाउनुपर्ने बिचार व्यक्त गरेका थिए।

त्यसैगरी थारु कल्याणकारी सभा सप्तरीका सभापति शिव नारायण थारु, थरुहट थारुवान राष्ट्रिय मोर्चा सप्तरीका संयोजक ईशु लेखी, थारु अभियन्ता तथा बुद्धिजिवी पूर्ण प्रसाद चौधरी, थारु युवा नेता मिलन चौधरी, शिक्षक पन्नालाल चौधरी, सिरहाका बिरेन्द्र चौधरी, हरिप्रसाद चौधरी, जयप्रकाश चौधरी, बिनोदान्द चौधरी, योगेन्द्र चौधरीले थारुले भाषामाथि घात भए आन्दोलन गर्नुपर्ने धाराणा राखे।

उक्त अन्तरक्रिया कार्यक्रममा सप्तरी, सिरहा, उदयपुरका थरुहट थारुवान राष्ट्रिय मोर्चाका प्रतिनिधि, थारु कल्याण कारिणी सभाका केन्द्रिय तथा जिल्ला पधाधिकारी, थारु अगुवा बुद्धिजिवी तथा भाषाविद्हरुको सहभागिता रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *