मेयर चौधरीसहित ६ जनाले गरे माधव नेपालको पार्टीमा सनाखत

उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनाले नेकपा एकीकृत समाजवादी रोज्दै आइतबार सनाखत गरेका छन्। जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर उनीहरुले सनाखत गरेका हुन्। यसअघि नेता बलदेव चौधरी पहिल्यै समाजवादी पार्टीको केन्द्रीय सदस्यमाा खुलिसकेका छन्।

त्यस्तै त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेश प्रसाद चौधरीले पनि एमाले परित्याग गरी आजैदेखि नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्न सनाखत गरे। त्रियुगा नगरपालिका १३ का वडाध्यक्ष पशुपति चौधरी, वडा नं. ६ का वडा सदस्य जयराम पञ्जियार, वडा नं. ९ का वडा सदस्य खिल बहादुर कार्की, वडा नं. ११ का वडा सदस्य शकुन्तला विश्वकर्माले नेकपा एसमा सनाखत गरे।

त्रियुगा नगरपालिकाका एक दर्जन बढी जनप्रतिनिधि नेकपा एसमा आउने कुराकानी भएको नेकपा एसका केन्द्रीय सदस्य तथा मेयर चौधरीले बताए। उनीहरुको कागजात नपुगेकोले आइतबार सनाखत हुन नसकेको हो। आज सनाखत गर्न आएका केहीको कागजात नपुगेकोहरुको भदौ २१ र २२ गते भित्र गरिसक्ने केन्द्रीय सदस्य चौधरीले बताए।

यसअघि नै नेकपा एमालेबाट विजय प्रदेश सांसद सुनिता कुमारी चौधरीले नेकपा एसमा सनाखत गरेकी छन्। – सुखिलाल चौधरी/नागरिकबहस




Leave a Reply

Your email address will not be published. Required fields are marked *