वाइसीएलको केन्द्रीय कमिटीमा पनि जम्मा चार जना थारु, हेर्नुस् सूची

भदौ १२ देखि १५ सम्म काठमाडौँमा भएको राष्ट्रिय सम्मेलनबाट अध्यक्षसहितका पदाधिकारी छान्न असफल योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले २०४ जना केन्द्रीय सदस्य सार्वजनिक गरेको छ। यसअघि वाइएसीएलका अध्यक्ष रहेका रामप्रसाद सापकोटा दीपशिखाले इन्चार्जका रुपमा विज्ञप्ति निकालेर २०४ जना केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरेका हुन्।

दीपशीखाले केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गर्दै आगामी भदौ २२ गते बस्ने नवनिर्वाचित केन्द्रीय सदस्यहरुको बैठकले अध्यक्ष, महासचिव र उपाध्यक्षसहितका पदाधिकारी टुंगो गर्ने बताए। यसअघि राष्ट्रिय सम्मेलनबाट वाईसीएले २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो। जसमा २०४ जना निर्वाचित भइसकेका छन् भने २७ जना मनोनित गर्ने तयारी छ।

यो पनि पढ्नुस् : कञ्चनपुरमा थारु फकाउँदै प्रचण्ड, रामप्रसाद चौधरी माओवादीमा प्रवेश

सार्वजनिक गरिएको सूचीमा थारु समुदायबाट जम्मा चार जना परेका छन्। समावेशी सिद्धान्तको आधार मान्ने हो भने कम्तीमा पनि १३ जना सदस्य थारु समुदायबाट चुनिनुपर्ने थियो। तर जम्मा चार जनालाई मात्र केन्द्रीय समितिमा समावेश गरिएको छ। त्यो पनि तीन जिल्लालाई मात्र समेटिएको छ।

केन्द्रीय कमिटीमा आउनेहरुमा दाङबाट हेमन्त चौधरी, बर्दियाबाट बसन्ती थारु, कैलालीबाट शर्मिला चौधरी र राधिका चौधरी छन्। माओवादी सशस्त्र जनयुद्धमा थारु समुदायको सबैभन्दा धेरै सहभागिता रहेको थियो। त्यसैले पनि मारिने र बेपत्ता पारिनेमा पनि यही समुदायको तथ्यांक धेरै छ। तर तिनै माओवादीको भातृसंस्था वाइसीएलमा थारु समुदायबाट न्युन उपस्थिति गराइएको छ।

यसअघि थारु नेताहरुलाई पनि जिम्मेवारीविहीन बनाइएको थियो। केन्द्रीय कार्यसमितिको बैठकपछि गरिएको कार्यविभाजनमा कैलाली र कञ्चनपुरमा मात्र थारु नेताले इन्चार्जको जिम्मेवारी पाएका छन्। त्यसबाहेक अन्य कुनै जिल्लामा पनि पदाधिकारीको भूमिकामा थारु नेताहरु छैनन्।

यो पनि पढ्नुस् : वाह रे माओवादी ! जम्मा चार जना थारुलाई जिम्मेवारी




Leave a Reply

Your email address will not be published. Required fields are marked *