कञ्चनपुरमा थारु फकाउँदै प्रचण्ड, रामप्रसाद चौधरी माओवादीमा प्रवेश

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कञ्चनपुरको इन्जार्जको जिम्मेवारी देवी लाल चौधरीलाई सुम्पेका छन्। कैलालीबाहेक कहीँ पनि थारु नेताहरुलाई जिम्मेवारी नदिएको प्रचण्डले देवीलाल चौधरीलाई भने किन कञ्चनपुरको इन्चार्ज बनाए? यो प्रश्नको सजिलो उत्तर हो, आइपर्दा बुहारी बिना मगरलाई साथ दिन।

बिना मगर गत प्रतिनिधिसभा चुनावमा कञ्चनपुर क्षेत्र न‌ं १ बाट विजयी भएकी थिइन्। उक्त क्षेत्र थारु र राना थारु समुदायको पकड रहेको क्षेत्र हो। अगामी चुनावमा थारु समुदायको चुनाव खेर नजाओस् भन्नकै लागि प्रचण्डले उक्त क्षेत्रमा थारु नेताहरुलाई जिम्मेवारी सुम्पिरहेका छन्। बुहारीलाई सहयोग पुगोस् भन्नकै लागि थारु नेताहरुलाई जिम्मेवारी दिएर गुण लगाइरहेको एक थारु नेताले बताए।

‘एक से एक थारु नेताहरु अन्य जिल्लामा पनि छन्। ती जिल्लाका नेताहरुले पनि जनयुद्धमा सक्रिय भूमिका निर्वाह गरेका थिए। तर किन कञ्चनपुर त्यो पनि बिना मगरकै क्षेत्रमा मान थारु नेताहरुले जिम्मेवारी पाउँछन्,’ उनको प्रश्न थियो।

यसैबीच देवीलाल चौधरीमार्फत् कञ्चनपुरका पूर्व वन अधिकृत राम प्रसाद चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनलाई अध्यक्ष प्रचण्ड स्वयंले पार्टीमा भित्र्याएका हुन्। पार्टी प्रवेश कार्यक्रममा विना मगरसमेत उपस्थित रहेका थिए।

यसबारे विना मगरका स्वकीय सचिव दीपक तिम्लिसेनालेसमेत पुष्ट गरे। उनले एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौंमा स्वागत गरेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *