प्रदेश २ मा दुई थारु सांसदको साथ केपी ओलीलाई

प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन्। प्रदेश २ को कूल २१ सांसदमध्ये ११ जनाले माधव नेपालको पार्टीलाई रोजेका हुन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिकरुपमा र एकजनाले पत्रमार्फत् एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

प्रदेश सांसदहरु सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले एकीकृत समाजवादी रोजेका हुन्। पत्रमार्फत् भने क्यान्सर पीडित भई उपचाररत डिल्ली उप्रेतीले सनाखत गराएको प्रदेश सांसद सत्रुधन महतोले जानकाकरी दिए।

त्यस्तै प्रदेश २ मा एमालेबाट निर्वाचित भएका दुई जना थारु सांसदले भने ओलीको साथमै रहेका छन्। सिरहाबाट निर्वाचिति भएका लगनलाल चौधरी र बाराबाट निर्वाचित भएका त्रिलोकी प्रसाद चौधरीले माधव पक्षमा खुल्न चाहेनन्। उनीहरु एमालेमै रहेको जानकारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *