एमाले नेता एवं वडाध्यक्ष चौधरीको हृदयघातका कारण मृत्यु

एमाले नेता एवं सुनसरीको गढी गाउँपालिका वडा १ का अध्यक्ष शंकर प्रसाद चौधरीको मृत्यु भएको छ। उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ। एमाले नेतृ भगवती चौधरीले हृदयघातका कारण अस्पताल भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएकी छन्।

‘हाम्रा गढ़ी गाउँपालिका वाडा नं. १ का वाडा अध्यक्ष शंकर चौधरी हृदयघातका कारण उपचारका क्रममा निधनले हामी सम्पूर्ण पार्टी पंक्ति मर्माहित भएका छौं। एउटा होनाहार निर्वाचित युवा जनप्रतिनीधि कुसल संगठक गुमाउदा समाज र पार्टीमा ठुल छति भएको छ। तपाईँको आत्माले चीर शान्ति, स्वर्गबास पाउन भनि भावपूर्ण श्रद्धाञ्जली साथै परिवारजनमा शोकलाई धैर्यधारण गर्ने शक्ति प्रदानहोस् भनि गहिरो संवेदना,’ उनले लेखेकी छन्।

त्यस्तै गढी गाउँपालिकाले पनि उनको निधनमा श्रदाञ्जली अर्पण गरेको ५। ‘यस गढी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष, अत्यन्तै मिलनसार, सामाजिक ब्यक्तित्व श्री शंकर प्रसाद चौधरीको अकल्पनीय, दुखद निधन प्रति गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी मर्माहत भएका छौं साथै उहाँको निधनबाट सिंगो गाउँपालिकाले ठूलो क्षति व्यहोर्नु परेको महशुस गरिएको छ। यस दुखद घडीमा शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस्। हार्दिक श्रद्धाञ्जली!,’ गाउँपलिकाले जारी विज्ञप्तिमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *