काठमाडौंमा यसरी मनाइयो अष्टिम्की पर्व, हेर्नुस् फोटो फिचर

काठमाडौंमा बसोबास गर्ने थारुहरुले अष्टिम्की पर्व मनाएका छन्। विजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा वर्तालुहरुले अष्टिम्की चित्रमा टीका लगाएर पूजाआजा गरेका थिए। कार्यक्रममा अष्टिम्कीको इतिहास र महत्वबारे सोही विषयमा विधावारिधी गरेका डा कृष्णराज सर्वाहरीले चित्रण गरेका थिए।

अष्टिम्कीबारे उनले भने- कृष्ण अर्थात् कान्हा थारू समुदायका लागि यस्ता पात्र हुन्, जसको चित्र बनाएर, उनको गाथाको गीत गाएर, नाचेर मनाइन्छ। अष्टिम्की अर्थात् कृष्णजन्माष्टमीमा गीत गाउँदै विभिन्न अनुष्ठानका साथ कान्हाको विशेष पूजा हुन्छ। भनिन्छ, त्यो जाति मानव सभ्यताको आदिम जाति मानिन्छ, जसकोमा सृष्टि उत्पत्ति कथाको बर्णन हुन्छ। अष्टिम्की काव्यमा पनि सृष्टिको बर्णन पाइन्छ।
पहिले टे सिरिजल जलठल ढरटि
सिरिजे टे गइल हो कुस कइ डाभ ।


अर्थात् जमिनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो । त्यसपछि कुश प्रजातिको बिरूवाको उत्पत्ति भयो। त्यही बिरूवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो । अन्य रूखबिरूवा भए, जंगल बन्यो। जसरी हिन्दु परम्परामा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ, त्यसैगरी थारू लोकोक्तिमा ‘गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ। सोही सृष्टिकथा पनि अष्टिम्कीमा चित्रित हुन्छ । थारू लोककाब्य अनुसार सबैभन्दा पहिले उत्पत्ति भएको वनस्पति कुश हो, त्यसैले यो पवित्र मानिन्छ । यहाँ अष्टिम्की काव्यको अन्य विशेषता वर्णन गरिन्छ।’


त्यस्तै थारु आयोगका अध्यक्ष विष्णु चौधरीले थारु साँस्कृतिक पहिचानको संरक्षण गर्दै लैजानुपर्ने बताए। उनले जो जहाँसुकै बसे पनि आफ्नो पहिचान बिर्सिन नहुने बताए।

त्यस्तै अष्टिम्की मूल आयोजक समितिका संयोजक शिव चौधरीले कामको सिलसिलामा गाउँबाट टाढा रहेका महिला दिदी बहिनीहरुको लागि कार्यक्रम आयोजना गरिएको बताए। उनले यसले थारु पर्वको प्रवर्द्धन गर्नुको साथै आफ्नो पहिचान झल्काउन मद्दत पुग्ने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *