थारु कोटाबाट एमबीबीएसमा नाम निकाल्ने चौधरीको प्रमाणपत्र नक्कली

नेपालमा नक्कली कागजात देखाएर आफ्नो काम फत्ते गर्ने प्रवृति मौलाउँदो छ । सामान्य व्यवसायी देखि ठेकेदार, विचौलिया र चिकित्सा शिक्षा क्षेत्रमा पनि यस्ता घटनाहरु घटेको पाइन्छ । यसैबीच पछिल्लो समय एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकाल्नेहरुले पनि नक्कली काजगात पेस गरेको पाइएको छ ।

नाम निकालेका तर गलत कागजात पेस गरेका ८ जनाको नाम चिकित्सा शिक्षा आयोगले योग्यताक्रमबाट हटाएको छ । गलत कागजात पेश गरेको उजुरी परेका उनीहरुको कागजात पुनः छानविन गर्दा सही हुन नसकेपछि आरक्षणको योग्यता क्रमबाट हटाएको हो ।

नाम हटाइनेहरुमा आदीवासी जनजाति र थारु समूहबाट एमबीबीएसको आरक्षणमा रहेका अमनकुमार चौधरी, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट एमबीबीएसमा नाम निकालेका बीरेन्द्र धिताल, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट नाम निकालेका गगन प्याकुरेल, पिछडिएको क्षेत्रबाट एमबीबीएसमा परेका लकसन शाही, खस आर्यबाट एमबीबीएसमा परेका सुजन घिमिरे रहेका छन् ।

यस्तै खस आर्य र पिछडिएको क्षेत्रबाट एमबीबीएस र बीडीएसमा नाम निकालेका सूर्यकिरण जोशी, महिला दलित महिला र दलित कोटाबाट एमबीबीएसमा नाम निकालेकी स्वस्तिका सुन्दास र महिला आदिवासी जनजाती कोटाबाट एमबीबीएस र बीडीएसमा नाम निकालेकी स्मारिका श्रेष्ठ रहेका छन् ।

उनीहरुले कक्षा ६ देखि १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको भन्ने काजगात पेश गरेका थिए । तर त्यसमा उजुरी परेपछि आयोगले छानविन गरेको थियो ।




One thought on “थारु कोटाबाट एमबीबीएसमा नाम निकाल्ने चौधरीको प्रमाणपत्र नक्कली

Leave a Reply to Nokhai Tharu Cancel reply

Your email address will not be published. Required fields are marked *