काठमाडौंको वसन्तपुरमा गुन्जियो- कि रेशम चौधरी छोड कि सशस्त्र विद्रोहको सामना गर्न तयार होउ

थरुहट, थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले थरुहट, थारुवान विद्रोहको तेस्रो चरणको अभियान सफल पार्न भन्दै विरोध सभा गरेको छ। काठमाडौंको बसन्तपुरमा मंगलबार विरोध सभा गरिएको हो। विरोध सभामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ गर्न, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइको मागसहितका नारा भएका प्लेकार्ड प्रस्तुत गरेका थिए।

सभामा थारु संस्कृति झल्कने नृत्य र नाटकसमेत प्रदर्शन गरिएको थियो। उक्त कार्यक्रममा नागरिक आन्दोलनका अगुवाका साथै अन्य आदीवासी समुदायको पनि सहभागी थियो। थरुहट, थारुवान आन्दोलनको ६ वर्ष पुगेको अवसरमा गत साता तीन दिनसम्म माइती घर मण्डलामा प्रदर्शन गरिएको थियो।

फोटो फिचर हेर्नुस्। तस्बिर : रजनीकान्त जसराज




Leave a Reply

Your email address will not be published. Required fields are marked *