कुवेतमा द्रौपती चौधरीले गरिन् आत्महत्या, शव अलपत्र

वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेकी द्रौपती चौधरीको शव अलपत्र परेको छ। आर्थिक अभाव हुँदा करिब दुई हप्तादेखि अलपत्र परेको मोरङकी चौधरीको शव नेपाल पठाउन गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको छ।

शवलाई नेपाल पठाउन ३८५ कुवेती दिनार आवश्यक पर्ने भन्दै एनआरएनएका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा एक समिति गठन गरी आर्थिक संकलन अभियान सुरु गारिएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए। चौधरीको दुई हप्ता अगाडि आफ्नै स्पोन्सरको घरमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो।

[नोट : द्रौपती चौधरीको शव ल्याउन तपाइँले आर्थिक वा अन्य कुनै सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी गैरआवासीय संघ कुवेतसँग समन्वय गरेर शव ल्याउन पहल गर्नेछौं।]




Leave a Reply

Your email address will not be published. Required fields are marked *