जसपा पनि फुट्यो, तटस्थता तोड्दै रेशम चौधरी महन्थ पक्षमा खुले

महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गरिएको छ। उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ।

नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिकमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्य रहनेछन्। २४ जनाभित्र थारु नेताहरु राजकुमार लेखी, चन्द्रकान्त चौधरी र रेशम चौधरी समेटिएका छन्।

रेशम चौधरी यसअघि निर्वाचन आयोगको हेडकाउन्टा तटस्थ बसेका थिए। उनले तटस्थता तोड्दै आज महन्थ पक्षतिर खुलेका छन्। निर्वाचन आयोगमा पुगेको नामावलीमा उनको नामा २४ नम्बरमा राखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *