रेशम चौधरीको रिहाइ माग गर्दै थारुहरुले घेरे माइतीघर [फोटो फिचर]
![रेशम चौधरीको रिहाइ माग गर्दै थारुहरुले घेरे माइतीघर [फोटो फिचर]](https://www.tharuwan.com/wp-content/uploads/2021/08/Tharuhat-tharuwan-morcha-at-maitighar-02-1.jpg)
जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चाले आयोजना गरेको विरोध प्रदर्शनमा नागरिक समाजका अगुवाहरु समेत सहभागी थिए।
नागरिक समाजका अगुवा नारायण वाग्ले, युग पाठक, श्रवण मुकारुङ, भास्कर गौतमलगायत सहभागगी थिए। नेता राजकुमार लेखीसहितका थारु नेताहरु पनि सहभागी थिए।
उनीहरुले टीकापुर घटनाको झुठो मुद्दा खारेज गर्न, लाल आयोग छानविन प्रतिवेदन सार्वजनिक गर्न, देवीराज शर्माको छानविन आयोग प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाइ गर्न, माननीय रेशम चौधरीलाई ससम्मान रिहाईलगायतका माग राखेका थिए। उनीहरुले विभिन्न नारा लेखिएका पम्पलेट बोकेर प्रदर्शन गरेका थिए।
Facebook Comment