राजकुमार लेखीको प्रश्न- सिंहदरवार मोडेलकै ७ प्रदेश बनाएर देश विघण्डन भयो?

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारु नेता राजकुमार लेखीले नेपालका उच्च ओहोदाका व्यक्तिहरुले संघीयतालाई गलत व्यख्या गरिरहेको आरोप लगाएका छन्। उनले संघीयतालाई विखण्डनको संज्ञा दिएर आम नागरिकलाई दिग्भ्रमित पारेको बताए।

आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता लेखीले भने, ‘राज्यका विभिन्न ओहोदामा रहेका ब्यक्तिहरुले संघीयताको मुद्दालाई देश विखण्डनको मुद्दा भनेर हेर्ने बुझ्ने गरेका छन्। त्यो सत्य हो त? सिंहदरवार मोडेलकै ७ प्रदेश बनाएर पनि देश विखण्डनमा गयो त?’

उनले संघीयताबारे थप बहस हुन जरुरी रहेको बताए। उनले यस विषयलाई देशको ४० प्रतिशत आदिवासी जनजातिलाई मात्र नभएर ३ करोड बढी नागरिकलाई बुझाउनुपर्ने बताए। उनले आदिवासी जनजातिका माग मुद्दा र सबालबारे देशका प्रमुख दलका नेताहरु र सरकारसँग निरन्तर पहल कदमी हुन जरुरी रहेको बताए।

बाँकी भिडियोमा हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *