अमेरिकीबासी थारुहरुको संस्थाद्वारा कोरोना पीडित थारुहरुलाई साढे ५ लाख बढी सहयोग

थारु फ्रेन्ड्स एन्ड एशोसिएशन (टिएफए)ले कोरोना महामारीका कारण पीडित बनेका थारु समुदायलाई सहयोग गरेको छ। टिएफएले नेपालका विभिन्न थारु संघसंस्थाहरुमार्फत् ५ लाख ७७ हजार ५९५ रुपैयाँ सहयोग गरेको हो।

उक्त रकममध्ये थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिमार्फत् १ लाख, सप्तरीको खड्ग नगरपालिका, वडा ६ का अध्यक्ष भगवती प्रसाद चौधरीमार्फत् १ लाख, थारु महिला सभा केन्द्रीय कार्यसमितिमार्फत् १ लाख र दाङमा रहेको संस्था बेसमार्फत् १ लाख तराईका विभिन्न जिल्लाका पीडित थारुहरुलाई सहयोग गरिएको टिएफएका कोषाध्यक्ष विनोद चौधरीले जानकारी दिए।

त्यस्तै कैलालीको हमर फाउन्डेशनमार्फत् पनि १ लाख ७७ हजार ५९५ रुपैयाँ सहयोग गरिएको उनले बताए। प्रदान गरिएका यी संस्थाहरुमध्ये केहीले पीडितलाई रकम हस्तान्तरण गरिसकेका छन् भने केहीले गर्न बाँकी रहेको कोषाध्यक्ष चौधरीले जानकारी दिए।

फोटो प्रदर्शनीका लागि थारु म्युजियमलाई आर्थिक सहयोग

यसैबीच टिएफएले चितवनको बछौलीस्थित थारु म्युजियम एवं अनुसन्धान केन्द्रलाई १ लाख ७७ हजार २०० रुपैयाँ प्रदान गरेको छ। थारु समुदायको ऐतिहासिक तस्बिरहरुलाई काठमाडौं, पोखरामा फोटो प्रदर्शनीका लागि उक्त रकम सहयोग गरिएको टिएफएले जनाएको छ।

टिएफएले नेपालमा रहेका थारु समुदायका लागि भैपरी आउने संकट र आपत विपतमा आर्थिक साहयता गर्दै आएको छ। त्यस्तै वर्षेनि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ।




One thought on “अमेरिकीबासी थारुहरुको संस्थाद्वारा कोरोना पीडित थारुहरुलाई साढे ५ लाख बढी सहयोग

Leave a Reply to chitra mahato Cancel reply

Your email address will not be published. Required fields are marked *