टीकापुर राजबन्दी परिवारलाई थाकस कतार च्याप्टरको एक लाख सहयोग

टीकापुर राजबन्दीका ६ जना परिवारलाई जनही १४ हजार रुपैयाँ सहयोग गरिएको छ। थारु कल्याणकारिणी सभा कतार च्याप्टरबाट आएको एक लाखबाट ६ जना परिवारलाई उक्त रकम सहयोग गरिएको युवा नेता सीताराम चौधरीले जानकारी दिए।

उनका अनुसार हरिनारायण चौधरी, प्रदीप चौधरी, श्रवण चौधरी, सन्तकुमार चौधरी, वीरबहादुर चौधरी र गंगाराम चौधरीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो। कैलालीको जोशीपुरस्थित बरहरियामा आयोजित कार्यक्रममा टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीसमेत सहभागिता रहेको थियो।

बाँकी १६ हजार रुपैयाँ रेशम चौधरीलाई हस्तान्तरण गरिने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *