सांसद उमाकान्त चौधरीबारेको समाचारमा साँघुले गल्ती स्वीकार्‍यो

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीबारे प्रकाशित गरेको भ्रामक समाचार सम्बन्धमा साँघु साप्ताहिकले गल्ती स्वीकारेको छ। प्रेस काउन्सिल नेपालले गत १३ साउनमा सांसद चौधरीबारे लेखिएको समाचार सम्बन्धमा स्पष्ट आधार र कारणसहित ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो।

यदि पुष्टि गर्न नसकेको खण्डमा खण्डन प्रकाशित गर्नसमेत काउन्सिलले भनेको थियो। तर साँघु साप्ताहिकले समाचारको आधार पुष्टि गर्न सकेन र अन्ततः गल्ती स्वीकार्दै सांसद चौधरीबारे समाचारको खण्डन प्रकाशन गरेको छ।

गत ११ साउनमा साँघु साप्ताहिकले सांसद चौधरीबारे भ्रामक समाचार प्रकाशन गरेको थियो। जसविरुद्ध सांसद चौधरी प्रेस काउन्सिललमा उजुरी दिएका थिए। सांसद चौधरीले काउन्सिलका सदस्यसमेत रहेका गोपाल बुढाथोकीले भ्रामक तथा कपोकल्पित समाचार सम्प्रेषण गरेको, पत्रकार आचासंहिताको धज्जी उठाएको भन्दै साँघु साप्ताहिकलाई कारबाही गर्न काउन्सिलको सदस्यबाट बुढाथोकीलाई बर्खास्त गर्न माग गरेका थिए।

खण्डनमा सांसद चौधरीले लेखेका छन्
विद्यार्थी राजनीतिदेखि नै प्रजातान्त्रिक विचारधारा अंगालेको नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएको म उमाकान्त चौधरी अहिलेसम्म निष्टा र आस्थाको राजनीतिबाट विचलित भएको छैन। प्रेस काउन्सिलका सदस्यसमेत रहेका यस साप्ताहिकका सम्पादक तपाइँ श्री गोपाल बुढाथोकीलले पत्रकार आचारसंहिताको धज्जी उडाउँदै यस्तो झुटो, कपोकल्पित र भ्रामक र मनगढन्ते कुरा छापेकोमा म दुखित छु।

पत्रकारिताको नाममा अनावश्यक प्रोपोगान्डामा उत्रेको तपाइँको यो कृत्यले तपाइँ सम्बद्ध पत्रिकाको स्तरलाई समेत उदाङ्गो पारेको छ।। यस्तो कुराले यस साप्ताहिकको पाठकको नाताले म र मजस्तै कैयन पाठक पनि लज्जित भएका छन् भन्ने मेरो ठहर छ। मलाई बद्नाम गराउँदै राजनीतिक जीवन समाप्त गर्ने कृत्सित उद्देश्यले चरित्रहत्या गर्नेगरी प्रायोजित रुपमा प्रकाशित यस्ता तथ्यहीन विषयलाई म पूर्णतः खारेज गर्दछु। पत्रकारिताको थोरै पनि मर्म र पत्रकार आचारसंहिताको थोरै पनि ख्याल राख्ने कुरामा तपाइँको वत्रिका विश्वास राख्दछ भने आगामी दिनमा यस्ता भ्रमपूर्ण समाचार प्रकाशित नगर्न र अनर्गल प्रचारको रुपमा प्रकाशित समाचारलाई खण्डन गर्न म जोडदार माग गर्दछु।

यो पनि पढ्नुस्

थारुलाई मन्त्री बनाउने भएपछि उमाकान्त चौधरीविरुद्ध अनेकन षडयन्त्र




Leave a Reply

Your email address will not be published.