थारुलाई मन्त्री बनाउने भएपछि उमाकान्त चौधरीविरुद्ध अनेकन षडयन्त्र

नेपाली राजनीतिमा उमाकान्त चौधरी नयाँ नाम होइन। बारा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरी विद्यार्थी राजनीतिदेखि नै प्रजातान्त्रिक विचारधारा अंगालेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। नेविसंघ, तरुण दल हुँदै नेपालको मूलधार राजनीतिमा प्रवेश गरेका उनी हालसम्म निष्ठा र आस्थाको राजनीतिबाट विचलित भएका छैनन्। यहाँसम्मको यात्रामा उनलाई अनेकन जालझेल गरेर धेरैपटक विस्थापित गर्न खोजियो, तर उनको राजनीतिक विचार, सिद्धान्तले कहिल्यैँ घुँडा टेकेन।

थारु समुदायबाट प्रतिनिधित्व गर्ने भएर पनि होला उनलाई आफ्नै पार्टीका नेताहरु पनि गिराउन अनेकन जालझेल गरेका छन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पार्टी र नेपाली राजनीतिमा स्वच्छ छबि बनाएका उमाकान्त चौधरीलाई मन्त्री बनाउने चर्चा चुलिएको छ। तर थारुलाई मन्त्री बनाउन नदिने चलखेल समेत हुन थालेको छ। सोहीअनुरुप उनीविरुद्ध सञ्चारमाध्यममा मिडियाबाजी सुरु भएको छ।

हालसालै साँघु साप्ताहिकले उनीहरुविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरेको छ। प्रेस काउन्सिलका सदस्यसमेत रहेका साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीले नै पत्रकार आचारसंहिताको धज्जी उडाउँदै उमाकान्तविरुद्ध झुटो, कपोकल्पित, भ्रामक र मनगढन्ते समाचार प्रकाशित गरेका छन्।

सञ्चारसंस्थाको गरिमामय संस्थाका पदाधिकारीले नै यस्ता सामग्री प्रकाशित गर्न थालेपछि सांसद चौधरीले उनीहरुविरुद्ध उजुरीसमेत दिएका छन्। गलत समाचार प्रकाशित गरी चरित्र हत्या गर्ने साँघु साप्ताहिकलाई कारबाही गर्नुका साथै गोपाल बुढाथोकीलाई काउन्सिलको सदस्यबाट बर्खास्त गर्न उनले माग गरेका छन्।

यस विषयमा प्रेस काउन्सिलले पनि खण्डन प्रकाशन गर्न साँघु साप्ताहिकलाई निर्देशन दिएको छ। काउन्सिलले खण्डन नछाप्ने भए ७ दिनभित्र उचित्र जवाफ दिन साँघुलाई भनेको छ। तर अहिलेसम्म न साँघुले खण्डन छापेको छ, न कुनै जवाफ नै दिएको छ। यस किसिमको हर्कतले गोपाल बुढाकथोकीलाई आफैँ बोक्सी आफैँ धामी भएको भन्दै गुनासो गरेका छन्।

जनताको माझमा लोकप्रिय मानिएका सांसद चौधरीले केही विपक्षीहरुले षड्यन्त्रपूर्वक अफवाह र अनर्गल प्रचार गरेपनि आफू कति पनि विचलित नहुने बताए। उनले साँघु साप्ताहिकलाई आफूले खण्डन पठाइसकेको तर प्रकाशित नभएको गुनासो गरे। उनले १३ साउनमा खण्डन पठाएका थिए। ‘न खण्डन प्रकाशन गरिएको छ, न समाचार नै हटाएको छ। यस्तै रहने हो भने म मानहानी मुद्दा हाल्छु,’ सांसद चौधरीले भने।

खण्डनमा सांसद चौधरीले लेखेका छन्
विद्यार्थी राजनीतिदेखि नै प्रजातान्त्रिक विचारधारा अंगालेको नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएको म उमाकान्त चौधरी अहिलेसम्म निष्टा र आस्थाको राजनीतिबाट विचलित भएको छैन। प्रेस काउन्सिलका सदस्यसमेत रहेका यस साप्ताहिकका सम्पादक तपाइँ श्री गोपाल बुढाथोकीलले पत्रकार आचारसंहिताको धज्जी उडाउँदै यस्तो झुटो, कपोकल्पित र भ्रामक र मनगढन्ते कुरा छापेकोमा म दुखित छु।

पत्रकारिताको नाममा अनावश्यक प्रोपोगान्डामा उत्रेको तपाइँको यो कृत्यले तपाइँ सम्बद्ध पत्रिकाको स्तरलाई समेत उदाङ्गो पारेको छ।। यस्तो कुराले यस साप्ताहिकको पाठकको नाताले म र मजस्तै कैयन पाठक पनि लज्जित भएका छन् भन्ने मेरो ठहर छ। मलाई बद्नाम गराउँदै राजनीतिक जीवन समाप्त गर्ने कृत्सित उद्देश्यले चरित्रहत्या गर्नेगरी प्रायोजित रुपमा प्रकाशित यस्ता तथ्यहीन विषयलाई म पूर्णतः खारेज गर्दछु। पत्रकारिताको थोरै पनि मर्म र पत्रकार आचारसंहिताको थोरै पनि ख्याल राख्ने कुरामा तपाइँको वत्रिका विश्वास राख्दछ भने आगामी दिनमा यस्ता भ्रमपूर्ण समाचार प्रकाशित नगर्न र अनर्गल प्रचारको रुपमा प्रकाशित समाचारलाई खण्डन गर्न म जोडदार माग गर्दछु।

को हुन् उमाकान्त चौधरी
नेता त सबै बन्न रुचाउँछन् । तर असल राजनेता बन्ने कमै हुन्छन् । उनी जहिलेदेखि राजनीति बुझ्ने भए, एक असल नेताको छबि बनाउने सोचे । असल नियतले गरिएको जुनसुकै काम पनि पूरा हुने उनको विश्वास छ । त्यही भएर उनी असल नेता भएर देशलाई समृद्धिको बाटोतर्फ डोर्या‍उन चाहन्छन् । तिनै असल नेतामध्ये एक हुन्, उमाकान्त चौधरी ।

उमाकान्तको जन्म २०२३ भदौ १५ गते बुबा चन्द्रिकाप्रसाद चौधरी र आमा मधेसियादेवी चौधरीको कोखबाट बाराको कोल्हवी नगरपालिका, ११ बेलवामा भएको हो । उनको परिवारले शिक्षाको महत्व बुझेको थियो । त्यही भएर उमाकान्तले पढ्न पाए । पढाईमा अब्बल उमाकान्त विज्ञानको वनस्पति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

उमाकान्तको राजनीति गर्ने दृढ इच्छा थियो । उनी विसं २०३६ सालदेखि नै विद्यार्थी राजनीति सुरु गरेका थिए। नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा आबद्ध भएका उनी त्रिवि इकाइको उपसभापतिसमेत बनेका थिए। पछि उनी तरुण दलमा आबद्ध भए। त्यसबेला उनी पटक पटक बन्दी जीवन भोगेका छन् ।

उमाकान्तले पहिलोपटक २०५६ सालको संसदीय चुनाव लडेका थिए । त्यतिबेला उनले तत्कालीन बाराको क्षेत्र १ मा लाल किला तोडेका थिए। कम्युनिस्ट पकड मानिएको उक्त क्षेत्रमा चौधरीको शानदार विजयी भएको थियो।

०६२-०६३ को जनआन्दोलनपछि भएको ०६४ को चुनावमा पनि उनले बाराको क्षेत्र नं ५ बाट चुनाव लडे । एमालेका वलवीर चौधरीलाई पराजित गर्दै उनी फेरि निर्वाचित बने । उनले स्थानीयसँगको पहुँच बनाइराख्न विकासका कामहरु तीव्रता दिएका थिए ।

२०७० को दोस्रो संविधानमासभा पनि उनैले टिकट पाए । तर पार्टीभित्रको अन्तर्घातका कारण उनी पराजित भएका थिए। त्यतिबेला कांग्रेसका रामप्रसाद चौधरी, तुल्सी चौधरीलगायतलाई अन्तर्घात गरेको भन्दै पार्टीले कारबाही गरेको थियो। त्यतिबेला पराजित बने पनि उमाकान्तले हरेस भने खाएनन्। आफ्नो गाउँठाउँका भौतिक पूर्वाधार निर्माणका काममा आफूले गर्ने जिम्मेवारी पूरा गरिरहे। उनी जनतासँग नजिक भएर काम गरिरहे।

त्यही बेला उनलाई मधेस विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो। कांग्रेसको केन्द्रीय सदस्यमा दुई पटक निर्वाचित भएका उनलाई मधेस फ्याक्टरलाई राम्रोसँग विशलेषण गर्न सक्ने नेताको रुपमा चिनिन्छ।

उमाकान्त चौधरी पछिल्लो निर्वाचन २०७४ मा फेरि विजयी भए। नेपाली कांग्रेसका उम्मेद्वारहरु सबैतिर पराजय भइरहँदा चौधरीले भने संसदीय चुनावमा ह्याट्रिक गरे। उनले बारा क्षेत्र नं १ मा शानदार विजयी भए।

यसबीचमा उनी पटक पटक मन्त्रीसमेत भइसकेका छन् । उनी २०५९ सालमा कृषि सहायक मन्त्री भएका थिए । २०६८ सालमा भने उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए ।

विकासको अर्को नाम उमाकान्त चौधरी

उमाकान्त चौधरी बारा जिल्लामा लोकप्रिय नेताको रुपमा मानिन्छन्। विकास निर्माणका काममा अग्रपंक्तिमा खटिने नेताकारुपमा उनलाई बारा जिल्लामा चिनिन्छन्। उनी बाराबाट निर्वाचित भएदेखि आफ्नो क्षेत्रमा मात्र नभएर जिल्लाकै विकासमा लागिपरेका छन्। ‘उहाँ (उमाकान्त चौधरी) हाम्रो असली नेता हुनुहुन्छ। उहाँकै कारण हाम्रो गाउँ ठाउँमा विकासका निर्माणहरु भएका छन्,’ बारा क्षेत्र नं १ मतदाताहरुको साझा भनाइ हो यो।




2 thoughts on “थारुलाई मन्त्री बनाउने भएपछि उमाकान्त चौधरीविरुद्ध अनेकन षडयन्त्र

  1. होइन यो यो बहुन छेत्री हरु को मात्र पत्रिका छ र । हाम्रो थारु को पनी छुटै देश ब्यापी पत्रिका छ्प्नू पर्छ । र पत्रकार कान्छील्को उमेदबार बन्नू पर्छ साथीहो ।

    1. Yo jatha bahun harulai jaba Samma India ko gadwal pathaidai na taba Samma desh le pragati gardai na

Leave a Reply to Rajkiran Cancel reply

Your email address will not be published. Required fields are marked *