गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन्। टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
हिट चरणमा गौरिकाले १:००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन्। ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन्।
यसअघि गौरिकाको नाममा १:००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन्। उनी हिट चरणबाट बाहिरिए। यस स्पर्धामा प्रतिस्पर्धा गरेका कूल ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन्। १८ वर्षीया ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो।
Facebook Comment