तीन सांसद जसपाबाट निष्कासित, कैलालीका दुई सांसदको के होला?

लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी तीन सांसदलाई जनता समाजवादी पार्टीले निष्कासित गरेको छ। मंगलबार बालकुमारीमा बसेको केन्द्रीय समितित बैठकले पोखरेल नेतृत्वको सरकारमा सहभागी तीनजना सांसदलाई निष्कासित गर्ने निर्णय लिएको हो।

जसपाले निष्कासनको निर्णय गरेका सांसदहरुमा विजयबहादुर, यादव कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डे रहेका छन्। उनीहरुलाई निस्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राखिदिनका लागि जसपाले त्यहाँका प्रदेश सभामुखलाई पत्र लेख्ने निर्णय पनि लिएको छ।

जसपाको निर्णयानुसार उनीहरुको सांसद पद रिक्त भएमा अबको ६ महिना मात्रै मन्त्रीका रुपमा रहन सक्नेछन्। जसपाको यो निर्णयले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई भने समस्या हुने देखिएको छ।

यो पनि पढ्नुस् :-

जसपाका दुई थारु सांसदबीच फाटो, कृष्णले रोजे रेशम चौधरी, मालामाती रानाले उपेन्द्र यादव




Leave a Reply

Your email address will not be published. Required fields are marked *