महन्थ ठाकुर समूहलाई नयाँ पार्टी खोल्ने मौका

जनता समाजवादी पार्टी (जसपा)को दुई पक्षको आधिकारिकता विवादमा निर्वाचन आयोगले फैसला गरेको छ। जसपा नेपालको आन्तरिक विवादमा फैसला सुनाउँदै आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको हो।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो।

जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई हेड काउन्टका लागि बोलाएको थियो। उक्त क्रममा यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ सदस्य उभिएका थिए। एकजना सदस्य रेशम चौधरी तटस्थ बसेका थिए।

राजनीतिक दल विभाजनसम्बन्धी कानुन अनुसार आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई नागरिकता र मतदाता परिचयपत्रसहित बोलाएर सनाखत गराएको थियो। उक्त सनाखतमा यादव पक्षमा करिब दुईतिहाइ बहुमत पुगेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *