हेडकाउन्टका लागि रेशम चौधरी निर्वाचन आयोग जाँदै

दिल्ली बजारस्थित सदर जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग जाने भएका छन्। जसपा विवाद टुंग्याउन आयोगले आज ११ बजे ५१ जनै कार्यकारिणी सदस्यलाई भौतिक उपस्थितिको लागि बोलाएको छ।

त्यसैकारण जेलमा रहेका चौधरीलाई पनि आयोगमा बोलाइएको स्रोतले बतायो। रेशम चौधरी पूर्व राजपाका निर्वाचित सांसद तथा कार्यकारिणी सदस्य हुन्। उनी अहिले महन्थ ठाकुर पक्षमा छन्। तर महन्थ पक्षीय नेताहरुले पनि यसबारे केही खुलाएका छैनन्।

निर्वाचन आयोगले जसपाका कार्यकारिणी समितिको ‘हेड काउन्ट’ गरेर बहुमतका आधारमा आधिकारिकता विवाद टुंग्याउने भएको हो। आयोगले इजलासमार्फत विवाद निरूपणका लागि गरेको प्रयास असफल भएपछि ‘हेड काउन्ट’को निर्णयमा पुगेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *