सुरेन्द्र चौधरीको प्रश्न- संसदमा रेशम चौधरीको भोट् नचल्ने तर निर्वाचन आयोगमा भोट् चल्ने?

निर्वाचन आयोगले जसपा विभाजनको टुंगो लगाउन त्यो पार्टीको कार्यकारीणी सदस्यहरुको पक्ष र विपक्षमा विभाजितहरुको टाउको गनेर अन्तिम फैसला सुनाउने भएको छ। त्यही प्रायोजनको लागि जेलबन्दी जीवन बिताइरहनुभएका माननीय रेशम चौधरीजीलाई पनि निर्वाचन आयोगमा उपस्थित गराउने कुरा बाहिर मिडियामा आएको छ। यो समाचारले सम्‍पूर्ण थारुहरुको ध्यानाकर्षण भएको छ।

संसदमा रेशम चौधरीको भोट् नचल्ने तर निर्वाचन आयोगमा भोट् चल्ने, यो कहाँ को न्याय हो? अमुक दलका नेता हरुलाई पार्टी कब्जा गर्न रेशमको भोट चाहिने, तर त्यही नेताको अभिमत संसदमा नचाहिने। यो कहाँको न्याय र राजनीति हो?

पार्टी विभाजनको निर्णय साउन ११ गते सोमबार नजिकिँदै गर्दा आफ्नो पक्षमा भोट् दिनको लागि उपेन्द्रजी र ठाकुरजी पक्षका नेताहरु जेलभित्र रेशमलाई भेट्न प्रतिस्पर्धा नै चलेको छ। कसैले लोभ देखौउँदै छन् त कोहीले धम्की। रेशम चौधरी कुनै पक्षको बहुमत पुर्‍याउने र तिनीहरुको राजनीतिक रोटी सेक्ने बस्तु हुन र?

हेक्का राख! रेशम चौधरी कुनै राजपा, जसपा, समाजवादी वा नयाँ शक्ति पार्टीको संगठनको भोटले निर्वाचन जितेका होइनन्। उनले सम्पूर्ण थारुहरुको आन्दोलनको रापतापले निर्वाचन जितेका हुन्। तसर्थ उनले यादव वा ठाकूर पक्ष कसलाई समर्थन गर्ने भन्ने कुरा रेशम चौधरीको मात्रै एकल निर्णयले मात्रै हुने कुरा होइन। जरूरत परेको बेला जेल धाउनेहरुले हेक्का राख! थारु, आदिवासी, नेवा, मधेसी युवाहरुको संयुक्त छलफलले एउटा निर्णय छिट्टै गर्ने छ रेशम चौधरीले निर्वाचन आयोगमा खेल्ने भूमिकाको सम्बन्धमा।

अहिलेसम्म हाम्रो सुझाव भनेको कसैको पक्ष नलिकन स्वतन्त्र बस्नु हो। भोलिको सर्वपक्षीय भेला र छलफलले ठोस निर्णय लिनेछ।




One thought on “सुरेन्द्र चौधरीको प्रश्न- संसदमा रेशम चौधरीको भोट् नचल्ने तर निर्वाचन आयोगमा भोट् चल्ने?

  1. रेशम जी लाई छूटाउन् छोडेर राजनीती गर्ने अनी काम परेको बेला जेल मा भेट्न जाने अफ्नो पक्षमा आउन् भन्ने यि उपेन्द्र र महन्थ ले संसद मा कुरा पनी नउठाउने स्वार्थी नेताहरुले थारु को माग र मुदा लाई ओझेल मा परेको छ। यि नेताहरु नै हो थारु हरु लाई पछी परेको कुरा प्रस्ट हुन्छ। स्वर्थी यादब र ठाकुर ।

Leave a Reply to Rajkiran Cancel reply

Your email address will not be published. Required fields are marked *